आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

बौदीकालीको धर्मात्मा माविको विद्यार्थीका हात हातमा मुना बाल पत्रिका


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ ५, सोमबार मा प्रकाशित ९ महिना अघि
  • ५ पाठक संख्या
  • नवलपुर । नवलपुरको बौदीकाली-१ मा स्थित धर्मात्मा माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई अध्ययनका लागि मासिक बाल पत्रिका मुनालाई नियमित गरेको छ । बाल साहित्य लेख, रचनालाई प्रकाशन गर्दै आई रहेको मुनाले विद्यार्थीहरुको पठन संस्कृतिको विकास गर्ने लक्ष्य सहित शैक्षिक सत्र २०८२ का लागि विद्यालयमा निरन्तरता दिईएको जनाइएको छ ।

    विद्यालयका प्रधानाध्यापक शालिकराम लामिछानेले विद्यालयमा मुनालाई यस शैक्षिक सत्रबाट सुरुवात गरिएको जानकारी दिनुभयो । अति नै सरल र सरस भाषामा आकर्षक तरिकाले प्रकाशित मुनाको नियमित पठनले विद्यार्थीहरुमा थप क्षमताको विकास गर्न सहयोग गर्ने अपेक्षा लिएको उहाँले बताउनुभयो । विद्यालयमा मासिक २५ प्रति मुना ल्याइने र सबै विद्यार्थीलाई पुस्तकालयबाट अध्ययन गर्न मिल्ने गरि राखिने विद्यालयका सहायक प्रधानाध्यापक ध्रुव लामिछानेले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरुलाई अतिरिक्त शैक्षिक क्रियाकलाप सहयोग पुग्ने भएकाले मुनालाई विद्यालयले यस शैक्षिक सत्रबाट निरन्तरता दिन लागिएको हो ।

    नवलपुर जिल्लाको पहाडी क्षेत्रमा रहेको उक्त विद्यालयमा आइतबार कक्षा ९ का विद्यार्थीलाई मुना अध्ययन गराई विद्यालयमा मुनालाई स्वागत गरिएको हो । मुना नियमित विद्यालयमा आउने भएपछि विद्यार्थीहरु खुसी भएका छन् । कक्षा १० मा पढ्ने नेहा आलेले पढाईमा कोर्षका पुस्तक मात्र नभई अतिरिक्त ज्ञान पाउने पुस्तकहरुले अझ पढाईमा सुधार हुने बताइन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट