आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

कावासोती नगरपालिकाद्वारा होर्डिङ बोर्ड हटाउ अल्टिमेटम


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ ७, बुधबार मा प्रकाशित ९ महिना अघि
  • ७ पाठक संख्या
  • तिर्थराज काफ्ले कावासोती, — कावासोती नगरपालिकाले सार्वजनिक सडक तथा फुटपाथमा अव्यवस्थित रूपमा राखिएका होर्डिङ बोर्ड हटाउनका लागि सात दिनको समय दिएको छ। 
    पूर्व पश्चिम राजमार्गको चौक–चौक तथा सडक किनारमा राखिएका विज्ञापन बोर्डहरू नगरको सौन्दर्य र ट्राफिक व्यवस्थापनमा अवरोध हुने गरेको भन्दै नगरपालिकाले बोर्डहरू हटाउन अनुरोध गरेको हो।

    नगरका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले हस्ताक्षरित सूचनामा उल्लेख गरिएअनुसार, तोकिएको समयभित्र स्वेच्छाले बोर्ड नहटाए नगरपालिकाले आफैं हटाउने र कानुन अनुसार कारवाहि जनाएको छ।

    नगरपालिकाले सबै सरोकारवाला निकाय तथा व्यवसायीहरूलाई स्वेच्छाले होर्डिङ बोर्ड हटाउन आग्रह गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट