आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

अम्रसा र चोरमारा जङ्गलको बीचमा सवारी दुर्घटना हुँदा तीनजना घाइते। 


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ १३, मंगलबार मा प्रकाशित ९ महिना अघि
  • ६ पाठक संख्या
  • प्रिय धन , चोरमारा । १३ जेठ २०८२ , मंगलबाट । 
    पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकामा आज एकाबिहानै मोटरसाइकल दुर्घटना भएको छ। मध्यबिन्दु ७  अम्रसा क्षेत्रबाट चोरमारा क्षेत्रमा आउँदै गरेको अवस्थामा बीचको अम्रसा सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र सवारी दुर्घटना भएको हो।
    लु ९ प ८११६  होन्डा साइन मोटरसाइकल दुर्घटना भएको हो ।  दुर्घटनामा परी तीनजना घाइते भएको खबर प्राप्त भएको छ। दुर्घटनामा परेका तीनैजनालाई तत्काल उपचारका लागि अस्पताल लगिएको पनि खबर प्राप्त भएको छ। तर घाइतेहरूको अवस्थाको बारेमा भने विस्तृत विवरण प्राप्त भइसकेको छैन। 
     आज मङ्गलबार बिहान करिब ६ बजेतिर सवारी दुर्घटना भएको पनि बताइएको छ तर घटनाको विस्तृत कारण भने थाहा भइसकेको छैन। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट