आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

पोखरामा अलपत्र ९ सय यात्रुलाई स्कर्टिङ गरेर ल्याइँदै


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ १७, शनिबार मा प्रकाशित ९ महिना अघि
  • ७ पाठक संख्या
  • सार्वजनिक यातायात बन्द भएपछि पोखरामा अलपत्र परेका यात्रुलाई स्कर्टिङ गरेर काठमाडौंसम्म ल्याउन लागिएको छ ।सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार, पोखरास्थित पृथ्वीचोकमा अलपत्र परेका करि ९ सय जना काठमाडौंसम्म स्कर्टिङ गरेर ल्याइँदैछ ।

    शनिबार साँझ साढे ६ बजे १९ वटा बसमा स्कर्टिङ गरेर गन्तव्यसम्म पुर्‍याउन लागिएको डीएसपी थापाले जानकारी गराए ।सशस्त्र प्रहरी बल नेपाल, २४ नम्बर कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले कास्कीको सीमाना कोत्रेसम्म ल्याउने उनले बताए ।

    त्यहाँबाट मनकामना गण २३ नम्बर र स्थानीय प्रहरीसहितले स्कर्टिङ गरेर मुग्लिनसम्म ल्याउने थापाले जानकारी दिए ।गण्डकी र बागमती प्रदेशको सीमानासम्म स्कर्टिङ गरेर यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउन लागिएको उनले बताए ।सरकारले ल्याएको राइड सेयरिङ तथा सेल्फ ड्राइभ निययमन तथा व्यवस्थापन नियमावलीका कारण शुक्रबारदेखि सार्वजनिक यातायात ठप्प छ ।

    गत वैशाख ३० गते बसेको मन्त्रिपरिषदको बैठकले नियमावली पारित भएपछि एकाएक सार्वजनिक यातायात क्षेत्र तरंगित बन्न पुगेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट