आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

जनज्योति क्याम्पस स्ववियुले महिलामैत्री शौचालय तथा कार्यालय निर्माणको लागि भिमाद नपालाई मागपत्र बुझायो 


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ २०, मंगलबार मा प्रकाशित ९ महिना अघि
  • ५ पाठक संख्या
  • जेष्ठ २०, भिमाद
    अस्मिता क्षेत्री

    जनज्योति क्याम्पस भिमादको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले क्याम्पसमा स्ववियु कार्यालय र महिलामैत्री शौचालय निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न माग गर्दै भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीलाई मागपत्र बुझाएको छ।

    मागपत्र हस्तान्तरण कार्यक्रममा स्ववियुका सभापति विप्लव भण्डारीसहित स्ववियु पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो। सभापति भण्डारीले क्याम्पसमा अध्ययनरत महिला विद्यार्थीहरूका लागि महिलामैत्री शौचालयको अभावले दैनिक कठिनाइ भोग्नु परेको बताए। त्यस्तै, स्ववियुको आफ्नै कार्यालय नहुँदा विद्यार्थीका गुनासो संकलन तथा क्याम्पस प्रशासनसँग समन्वय गर्न समेत कठिनाइ भएको उल्लेख गरे।

    स्ववियुले बुझाएको मागपत्रमा शैक्षिक वातावरणमा सुधार ल्याउन, महिला स्वास्थ्य र सुरक्षामा सहयोग पुग्ने गरी उक्त पूर्वाधार निर्माण अत्यावश्यक रहेको उल्लेख गरिएको छ।

    नगर प्रमुख सुवेदीले मागपत्रलाई सकारात्मक रूपमा लिँदै आवश्यक प्रक्रिया चाँडै अघि बढाइने आश्वासन दिएको सभापति भण्डारीले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट