आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

अत्यधिक गर्मीका कारण कावासोती नगरपालिकाभित्रका विद्यालयहरू बन्द


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ २८, बुधबार मा प्रकाशित ८ महिना अघि
  • ६ पाठक संख्या
  • तिर्थराज काफ्ले 
    कावासोती, जेठ २८— कावासोती नगरपालिकाले अत्यधिक गर्मीका कारण बालबालिकाको पठनपाठनमा असर परिरहेको भन्दै नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरूमा गर्मी विदा दिने निर्णय गरेको छ।

    नगर शिक्षा शाखाले आज जारी गरेको सूचनामा जेठ २९ गतेदेखि ३० गतेसम्म दुई दिन विद्यालय बन्द रहने उल्लेख गरिएको छ। नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमार्फत सञ्चालन हुने कक्षा गतिविधिमा गर्मीका कारण पठनपाठन र स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै गर्मी विदा स्वरूप यो निर्णय लिएको नगर शिक्षा अधिकारी हेमचन्द्र पौडेलद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट