आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

घिरिङका -४ का महिलालाई आयआर्जनमा जोड्न तालिम दिंदै गाउँपालिका


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ २९, बिहिबार मा प्रकाशित ८ महिना अघि
  • ९ पाठक संख्या
  • २९ जेठ, तनहुँ । आय आर्जनमा जोड्न महिलालाई अचार बनाउने तालिम दिइएको छ । घिरिङ गाउँपालिका-४ स्थित गडौलिटारामा तीन दिने अचार बनाउने तालिम सम्गपन्न गरिएको हो । जलदेवी सामुदायिक सिकाई केन्द्रको आयोजना र घिरिङ गाउँपालिकाको समन्वयमा २५ जेठदेखि २७ गतेसम्म सञ्चालन भएको तालिममा ३२ जना महिलाहरूले सहभागिता जनाएका थिए। उक्त तालिमको जलदेवि सामुदायिक सिकाई केन्द्रका अध्यक्ष चुन नारायण श्रेष्ठको अध्यक्षतामा आइतबार समापन कार्यक्रम गरी वडा नं ४ का वडा अध्यक्ष भीम बहादुर कुमालले सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष कुमालले अचार बनाउने सीप छोटो अवधिमा सिकाइए पनि यसको प्रभाव दीर्घकालीन हुने बताउँदै यो सीप केवल घरायसी प्रयोजनका लागि मात्र नभई व्यवसायिक रूपमै अगाडि बढ्न सकिने सम्भावना बोकेको बताए ।साथै, तालिमपछि सहभागीहरूले व्यावसायिक सुरुवात गर्न आवश्यक रहेको उनको भनाइ थियो। कार्यक्रममा गाउँपालिकाकी कार्यपालिका सदस्य रिमा कुमालले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि पालिकाले विभिन्न वडामा फरक–फरक प्रकारका सीप विकास तालिमहरू सञ्चालन गरिरहेको जानकारी दिँदै यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। सो तालिमको प्रशिक्षण गायत्री नेपालीले प्रदान गरेकी थिइन्। उनले सहभागी महिलाहरूलाई आँप, कटहर, करेला, मासु लगायत स्थानीय स्तरमै सजिलै उपलब्ध हुने कच्चा पदार्थहरू प्रयोग गरी अचार बनाउने विभिन्न विधिहरू सिकाएकी थिइन्। सहभागी महिलाहरूले तालिमबाट व्यवसायिक आत्मनिर्भरता हासिल गर्न प्रेरणा प्राप्त भएको धारणा राखे। कार्यक्रमको सञ्चालन जलदेवी सामुदायिक सिकाई केन्द्रकी सचिव टिका माया आलेले गरेकी थिइन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट