आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

श्रीमानद्धारा रड प्रहार गरी श्रीमतीको हत्या


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ ३०, शुक्रबार मा प्रकाशित ८ महिना अघि
  • ६ पाठक संख्या
  • नवलपुर
    नवलपुरको देवचुलीमा ९० वर्षका वयोबृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन् । बिहीबार राती रडले प्रहार गरी ७६ वर्षीया श्रीमतीको हत्या गरेका हुन् ।
    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली ३ आम्बास गाउँका दिल बहादुर थापाले श्रीमती जमुनालाई फलामे रड प्रहार गरेका हुन् । रड प्रहारबाट टाउकोमा लागेको गम्भीर चोटका कारण जमुनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
    राती सवा ९ वजेतिर भएको घटनाको बारेमा थापा दम्पतीका छोराले प्रहरीमा खवर गरेका थिए । सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले अहिले बिहान मात्रै घटनास्थलको सर्जमिन मुचुल्का सहित सोधपुध अनुसन्धान कार्य थालको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट