
समाचार कुञ्ज तिर्थराज काफ्ले
देवचुली, नवलपुर — ट्राफिक सप्ताह २०८२ को अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले शुक्रबार देवचुली नगरपालिका–११, धारापानी चोकमा अटो तथा जीप चालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।
दलदले–मुण्डे–धोवादी सडकखण्डमा सञ्चालन भइरहेका सवारी चालकहरुलाई लक्षित गरी गरिएको उक्त कार्यक्रममा ४५ जना चालकहरुको उच्च रक्तचाप परीक्षण गरिएको थियो।
सडक सुरक्षामा चालकहरुको भौतिक स्वास्थ्यको भूमिका महत्वपूर्ण हुने भन्दै ट्राफिक प्रहरीले यो कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा सहभागी चालकहरुले यस्ता स्वास्थ्य परीक्षण कार्यक्रमले आफूहरुलाई सजग हुन सहयोग गर्ने प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस