आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

ऋषिङमा घरधुरी सर्वेक्षणमा खटिएका श्रेष्ठलाई सरकारी गाडीले ठक्कर दिइ भाग्यो


  • समाचार कुञ्ज
  • २०८२ अषाढ ४, बुधबार मा प्रकाशित ८ महिना अघि
  • ५ पाठक संख्या
  • जिल्लाको ऋषिङ गाउँपालिकामा नेत्रहीन संघ तनहुँको घरधुरी सर्वेक्षणमा खटिएका एक व्यक्तिलाई मंगलबार सरकारी गाडीले ठक्कर दिएर भागेको छ । ऋषिङ गाउँपालिका कृषि ज्ञान केन्द्रको कार्यक्रम सकेर फर्केको जिल्ला समन्वय समिति  र कृषि ज्ञान क्रेन्द्र तनहुँको गाडीले ऋषिङ गाउँपालिका वडा  ८ दुईघर स्कुल गेट निवासी विवेक श्रेष्ठलाई ठक्कर दिएको हो । 
    दिउँसो २ ः १५ बजेको समयमा घरधुरी सर्वेक्षण गर्ने कार्य भइरहेको अवस्थामा गाडीले ठक्कर दिई रोक्न खोज्दा नरोकी भागेको घाइते श्रेष्ठले जानकारी दिनुभयो ।

    घाइतेको अवस्था नबुझी भागेका कारण उक्त गाडीका चालकसहित गाडी नियन्त्रणमा लिएर घाइतेको उपचारका लागि व्यवस्था मिलाउन समेत श्रेष्ठले माग गर्नुभएको छ । श्रेष्ठका अनुसार गाडीको ठक्करबाट हात,खुट्टा र टाउँकोमा चोट लागेको छ । श्रेष्ठ पछिल्लो समय संचार क्षेत्रमा समेत आबद्ध रहि सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

    ऋषिङ गाउँपालिकाका उपाध्यक्षसहित जिल्ला समन्वय समिति तनहुँकै प्रतिष्ठित ओहदामा रहेर मानवीय सहानुभूति नराख्ने साथै गैर जिम्मेवार, पदिय घमण्ड, शक्ति प्रर्दशन गरी B AA 1509  जिल्ला समन्वय तनहुँ र कृषि ज्ञान केन्द्रको कुन गाडी हाे पहिचान हाेस् गल्ति हुन्छ तर ठक्कर दिई भाग्ने चालकलाई तुरून्त कारवाही होस। दुर्घटना भइसकेपछि ३ वटा गाडीमध्ये एउटा गाडीले उपचारकाे लागि मानवीयताकाे हैसियतले सेवा गर्न पर्दैन?

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट