आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

थकाली चोकमा बसको ठक्करबाट स्कुटर चालक घाइते


  • समाचार कुञ्ज
  • २०८२ अषाढ ४, बुधबार मा प्रकाशित ८ महिना अघि
  • ५ पाठक संख्या
  • तिर्थराज काफ्ले , कावासोती ।
    कावासोती नगरपालिका–स्थित थकाली चोकमा लामोदुरीबाट आएको बसले स्कुटरलाई ठक्कर दिँदा एक जना व्यक्ति घाइते भएका छन्।

    प्रत्यक्षदर्शी राधिका चापागाईं पंगेनीका अनुसार, केहीबेर अघि भएको उक्त सवारी दुर्घटनामा स्कुटरमा सवार एक व्यक्ति  घाइते भएका छन्। उनलाई तत्काल उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जानकारी दिइएको छ।

    दुर्घटना कसरी भयो भन्ने बारेमा विस्तृत विवरण आउन बाँकी रहेको र घटनास्थलमा सुरक्षाकर्मीको उपस्थिति रहेको जनाइएको छ।
    दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट