
समाचार कुञ्ज तिर्थराज काफ्ले कावासाेती
बिनयी त्रिवेणी गाउँपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बिनयी खोलामा बनेको अस्थायी डाइभर्सन बग्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।
आज बिहान १ बजे तिर खोलाको पानीको बहाव एक्कासी बढेपछि डाइभर्सनमाथिबाट बगेर बाटो बन्द भएको हो। उक्त डाइभर्सनमा काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको यात्रुवाहक बस समेत फसेको थियो।
बिहान २:४५ बजे सम्ममा बसमा सवार २४ जना यात्रुहरूको सकुशल उद्धार गरिएको थियाे। तर बस भने खोलाको बहावमा परेर बगिएको थियो।
बिहान ६:२५ बजे फसेको बस डाइभर्सनबाट करिब ५०० मिटर दक्षिणतिर फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
सडक अवरुद्ध हुँदा दुईतर्फी सवारी आवागमन रोकिएको छ भने बिनयी खोलाको पानी घट्ने प्रतीक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस