आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

कस्तो बि’डम्बना:- गर्भमा रहेको शिशुसंगै आमाको मृ’त्यु, श्रीमान र सासु पनि अस्ताए:-


  • समाचार कुञ्ज
  • २०८२ अषाढ ८, आईतबार मा प्रकाशित ८ महिना अघि
  • ७ पाठक संख्या
  • चितवनको राप्ती नगरपालिका–४ मा आज भएको सवारी दु'र्घटनामा मृ'त्यु भएको हेटौँडा–५ की २७ वर्षीया गर्भवती रेनुका कँडेल साथमा श्रीमान ३५ वर्षीय सरोज र सासुआमा ५५ वर्षीया मैयाकुमारी । रेनुका जो परिवारका साथ् दोस्रो सन्तान जन्माउनका लागि चितवनस्थित भरतपुर अस्पताल जाँदै गर्दा दु'र्घटनामा परेर अस्ताइन ।

    हेटौँडामै नियमित स्वास्थ्य जाँच गराउँदै आएकी रेनुकाको चिकित्सकले सुत्केरी हुने मिति आइतबार तोकिदिएको थियो । रेनुकाका श्रीमान सरोजलाई मामा नवराज पहाडीले आफ्नो गाडी लिएर जान समेत भन्नुभएको थियो । तर, सरोजले सुत्केरी भएपछि २/४ दिन अस्पतालमै बस्नुपर्ने हुन सक्छ भन्दै सार्वजनिक माइक्रोबसमा यात्रा गर्ने निर्णय लिएका थिए । 

    ३ वर्षीया छोरीलाई बुबासँग घरमै छाडेर गर्भवती श्रीमतिसँगै आमालाई साथी लिएर भरतपुर हिँडेका सरोजले दोस्रो सन्तानको हेर्ने सपना पूरा गर्न पाएनन् । उल्टै गर्भमा रहेको भ्रूणसँगै श्रीमति र आमाको साथमा ज्यान गु'माउन बाध्य भए ।नारायणी अनलाइनबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट