आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

नवलपुरकाे गैंडाकोटमा ट्रक रोकिँदै, दाउन्ने सडक खण्डमा ट्राफिक चाप व्यवस्थापन प्रयास


  • समाचार कुञ्ज
  • २०८२ अषाढ ९, सोमबार मा प्रकाशित ८ महिना अघि
  • ६ पाठक संख्या
  • तिर्थराज काफ्ले कावासोती, असार ९ — एक सातादेखि अवरुद्ध रहेको दाउन्ने सडक खण्डमा सवारी चाप बढ्न नदिन प्रहरीले सोमबार गैंडाकोटमा मालबाहक ट्रकहरू रोक्ने निर्णय गरेको छ।

    करिब ६० किलोमिटर टाढाको गैंडाकोट क्षेत्रमा ट्रकहरू रोकिँदा अवरुद्ध क्षेत्रसम्म गाडीको भीड नबढ्ने र वैकल्पिक व्यवस्थापन सहज हुने विश्वास प्रहरीले लिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक खुल्न समय लाग्ने देखिएकाले अग्रिम नियन्त्रणका उपायस्वरूप ट्रकहरूलाई समयमै नियन्त्रणमा राखिएको हो।

    अवरुद्ध सडकमा सवारी साधन जाम भएर थप समस्या नहोस् भन्ने उद्देश्यले ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको प्रहरीले जनाएको छ। प्रहरीले अन्य साना सवारीलाई आवश्यक सावधानीसहित सञ्चालन गर्ने प्रयास गरिएको  छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट