आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

शुक्लागण्डकी नगरपालिकाको १ अर्ब २४ करोडको बजेट सार्वजनिक


  • समाचार कुञ्ज
  • २०८२ अषाढ ९, सोमबार मा प्रकाशित ८ महिना अघि
  • ७ पाठक संख्या
  •  शुक्लागण्डकी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब २४ करोड ७६ लाख ३३ हजार ९६२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख कृष्णराज पण्डितले सोमबार सम्पन्न १७औँ नगर सभामा आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन्।

    नगरपालिकाले आम्दानीतर्फ संघीय सरकारबाट प्राप्त समानीकरण अनुदानमार्फत १४ करोड ४८ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ११ करोड ९२ लाख ६७ हजार ०२९ रुपैयाँ, र शर्तसहितको अनुदानबाट ६३ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ।

    त्यस्तै गण्डकी प्रदेशबाट समानीकरण अनुदान १ करोड ९४ लाख २९ हजार, राजस्व बाँडफाँट १ करोड ६१ लाख १० हजार र समपूरक अनुदान ६० लाख रुपैयाँ आउने अपेक्षा गरिएको छ।

    नगरपालिकाले आन्तरिक स्रोतबाट २५ करोड १० लाख २७ हजार ९३३ रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ। यसमध्ये घरजग्गा रजिष्ट्रेशन शुल्क १ करोड ५० लाख, संघीय समपूरक अनुदान २ करोड १८ लाख, प्रदेश सरकारको विशेष अनुदान ४० लाख, सशर्त अनुदान २ लाख र जनसहभागिताबाट १ करोड ५० लाख रुपैयाँ आउने अनुमान गरिएको छ।

    बजेट खर्चका लागि विभिन्न क्षेत्रगत शीर्षकमा रकम विनियोजन गरिएको छ। पूर्वाधार विकासतर्फ ११ करोड ६९ लाख ९३ हजार ६४६ रुपैयाँ, वडा कार्यालय संचालनका लागि ९ करोड २८ लाख ७८ हजार १५ रुपैयाँ, सामाजिक विकासका कार्यक्रमका लागि ६ करोड ४३ लाख ६४ हजार ८६६ रुपैयाँ, आर्थिक विकासतर्फ १ करोड ९२ लाख ८७ हजार ८०२ रुपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापनमा २ करोड ४२ लाख ८७ हजार ८०२ रुपैयाँ छुट्याइएको छ।

    त्यसैगरी चालु प्रशासनिक खर्चतर्फ १५ करोड ८१ लाख ६१ हजार २६७ रुपैयाँ, विषयगत शाखा तथा अन्तरसम्बन्धित क्षेत्रका लागि २४ करोड ७ लाख ५६ हजार २९ रुपैयाँ, अनिवार्य दायित्व १० करोड ९८ लाख ५० हजार रुपैयाँ, जनसहभागिता फिर्ता १ करोड ५० लाख र अन्य प्रशासनिक खर्चका लागि पनि उल्लेखनीय रकम विनियोजन गरिएको छ।

    नगर प्रमुख पण्डितले प्रस्तुत गरेको बजेटले समावेशी विकास, पूर्वाधार विस्तार र प्रशासनिक दक्षता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट