आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

बौदिकालीमा महिलाको लागि आयोजित मादल बजाउने तालिम सम्पन्न


  • समाचार कुञ्ज
  • २०८२ अषाढ १२, बिहिबार मा प्रकाशित ८ महिना अघि
  • ८ पाठक संख्या
  • समर रानाभाट, असार १२ 
    सिद्वार्थ सामुदायिक सिकाइ केन्द्रको आयोजना र शिक्षा खेलकुद शाखा बौदिकाली गाउँपालिकाको आर्थिक सहयोगमा १० दिने मादल बजाउने तालिम सम्पन्न  भएको छ । 

    गत असार २ गतेबाट आयोजित सो तालिमको बौदिकाली गाउँपालिका  अध्यक्ष  प्रकाश ओझाको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरि समापन गरियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष ओझाले तालिममा सिकेको सिपले स्थानीय कला र संस्कृतीको संरक्षणमा टेवा पुग्ने बताए । हिजो आज युवाहरु बिदेश पलायन भएको भन्दै अध्यक्ष ओझाले संस्कृती संरक्षणकोलागि महिलाहरुको लागि तालिम आयोजना गरिएको बताए । 

    वडा नम्बर २ का वडाध्यक्ष श्यामसुन्दर श्रेष्ठले तालिममा सिकेको सिपले महिलाहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताए । यसले गाउँघरमा चाडपर्वमा ठुलो क्यासेट बजाएर नाच्नुपर्ने प्रबृत्तिको अन्त्य हुने बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्जल बहादुर बस्नेतले कला र सस्कृतिलाइ जोगाउने यस कार्यक्रम उपयोगी रहेको बताए ।

    कार्यक्रम संस्थाका अध्यक्ष नारायण प्रसाद ओझाको अध्यक्षता आयोजित उक्त कार्यक्रममा  प्रशिक्षक  गोकुल कंडेल रहेका थिए भने  कार्यक्रममा ३३ जना महिला प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो। सो अवसरमा तालिमका सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट