
समाचार कुञ्ज प्रकाश रेग्मी
मध्यविन्दु — नगरपालिकाको आयोजनामा सञ्चालित महिलाहरूका लागि व्युटी पार्लर एडभान्स डिप्लोमा तालिम (३९० घण्टा) सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको समापन समारोहमा नगर प्रमुख भिमलाल अधिकारी र नगर उपप्रमुख पूर्णकला चौधरीको उपस्थिति रहेको थियो।
समापन कार्यक्रममा नगर प्रमुख अधिकारीले महिलाहरूको सीप विकासमार्फत स्वरोजगार सिर्जना गर्दै आर्थिक सशक्तीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले व्यावसायिक सीप आर्जन गरी आत्मनिर्भर बन्न महिलाहरूलाई प्रेरणा दिनु पर्ने बताउनुभयो।
उपप्रमुख चौधरीले पनि महिलाहरूको क्षमता अभिवृद्धि र व्यावसायिक क्षेत्रमा सहभागिता बढाउने यस्ता तालिमहरू अझ प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो।
समापन समारोहमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपले आफूहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस