
समाचार कुञ्ज तनहुँ ।
दलित समुदाय र महिलाको हकहितका पक्षमा सञ्चार माध्यमबाट उल्लेखनीय भूमिका निर्वाह गरेबापत पत्रकार शर्मिला विकलाई सम्मान गरिएको छ। कृष्णमाया स्मृति प्रतिष्ठानले पत्रकार विकलाई शनिबार सम्मान गरेको हो। प्रतिष्ठानका संस्थापक सालिकराम सुनारका अनुसार स्वर्गीय आमाको नाममा स्थापना गरिएको प्रतिष्ठानले पत्रकार विकलाई नगद पाँच हजार पाँच रुपैयाँ नगद राशी र सम्मानपत्र सहित सम्मान गरेको हो।
राष्ट्रिय दलित पत्रकार संघ तनहुँको समन्वयमा जय नेपाल आधारभूत विद्यालय, राङरुङमा आयोजित शैक्षिक सामग्री वितरण तथा पत्रकार सम्मान कार्यक्रम मार्फत सम्मान गरिएको हो। सम्मानित पत्रकार विक तनहुँको डुम्रेमा अवस्थित रेडियो छिम्केश्वरीमा समाचार वाचिकाका रूपमा कार्यरत छिन्। उनी राष्ट्रिय दलित पत्रकार संघ तनहुँकी सचिव समेत हुन्।
कार्यक्रममा संस्थापक सुनारले हरेक वर्ष दलित समुदायको न्याय, समानता र विकासका पक्षमा कलम चलाउने पत्रकारलाई सम्मान गरिने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस