आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सम्मान तथा बिदाई कार्यक्रम  


  • समाचार कुञ्ज
  • २०८२ अषाढ १५, आईतबार मा प्रकाशित ८ महिना अघि
  • ८ पाठक संख्या
  • असार १५,

    बौदीकाली गाउँपालिका अन्तर्गत रहनु भै लामो समय देखि सेवारत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई आज एक कार्यक्रमका साथ सम्मानजनक बिदाई गरिएको छ !
    ६० बर्ष उमेर हद पूरा गर्नु भएका बौदीकाली -२  डेढगाउँका मैना देबी श्रेष्ठ ठाडा,वार्ड न.३ रकुवाका तारा देबि सुनार,र वार्डन. ४ का रिङखुना रकिम मगरलाई सम्मानपत्र,फुलमाला,दोसल्ला र नगद पुरस्कार सहित सम्मान गरिएको हो !
    बौदीकाली गाउँपालिका वार्डन.२ का वडाध्यक्ष एवं सामाजिक बिकास समितिका संयोजक श्री श्याम सुन्दर श्रेष्ठज्यु को अध्यक्षता एवं बौदीकाली गाउँपालिका का अध्यक्ष श्री प्रकाश ओझाज्यु को प्रमुख आतिथ्यता,३र ४ न वडाका  वडाध्यक्ष श्री तेजबहादुर  थापा ,मनबहादुर  सारु लगायत जनप्रतिनिधिहरु,स्वास्थ्यकर्मी एवं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको उपस्थिति रहेको सो कार्यक्रम बौदीकाली गाउँपालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको थियो !
    सम्मानजनक बिदाई हुनु भएका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको कार्यक्षेत्रमा  कार्यबिधी अनुसार छनौट हुनु भएका नयाँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई समेत आज स्वागत गरिएको छ !
     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट