
समाचार कुञ्ज कावासोती, नवलपुर ।
मिराई ग्लोबल एजुकेशनल हब कावासोतीले एस.ई.ई. २०८१ मा सफलता हासिल गरेका विद्यार्थीहरूलाई एक विशेष सम्मान समारोह आयोजना गरी सम्मान गरेको छ।
कार्यक्रमको अध्यक्षता संस्थाका प्रबन्ध निर्देशक समिर लामिछानेले गरेका थिए। प्रमुख अतिथिका रूपमा PABSON केन्द्रीय समिति सदस्य तथा नवलपुरका पूर्व अध्यक्ष दिपक रावतले सहभागिता जनाएका थिए।
कार्यक्रममा Principal चक्रधर पौडेल, Coordinator विधान पौडेल, तथा VSSS अध्यक्ष गोपी खरेल विशेष अतिथिका रूपमा उपस्थित थिए।
शिक्षक कमल तिवारी अतिथि रहनुभएको उक्त कार्यक्रममा निर्मल पाण्डेले सजीव र आकर्षक ढंगले कार्यक्रम सञ्चालन गरेका थिए।
विशेष अतिथिहरूले विद्यार्थीहरूलाई आगामी दिनमा अझ मेहनतपूर्वक अध्ययन गर्न सुझाव दिँदै आत्मविश्वास, अनुशासन र लक्ष्यप्रति समर्पण आवश्यक रहेको कुरामा जोड दिए। कार्यक्रममा उत्तीर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र, मायाको चिनो तथा शुभकामना सहित सम्मान गरियो।
कार्यक्रममा विद्यार्थी, शिक्षक र शिक्षाप्रेमीहरूको उल्लेख्य उपस्थिति थियो। संस्थाका निर्देशक समिर लामिछानेले भने, “विद्यार्थीहरूका लागि मिराई ग्लोबल सधैँ प्रेरणा, शिक्षा र अवसरको केन्द्रका रूपमा रहिरहनेछ।”
समारोहले विद्यार्थीहरूमा नयाँ ऊर्जा र हौसला थपेको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस