आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

सिद्धबाबामा पहिरोले लाग्दा एक जनाको मृत्यु, एक घाइते


  • समाचार कुञ्ज
  • २०८२ अषाढ २४, मंगलबार मा प्रकाशित ७ महिना अघि
  • ७ पाठक संख्या
  •  पाल्पा – पाल्पाको तिनाउ–३, माथिल्लो सिद्धबाबा नजिकै पहिरोले लाग्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रामपुर नगरपालिका–६, का ३६ वर्षीय जनक भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 
    यस्तै सोही स्थानकी श्रीमती २९ वर्षीया कल्पना चापागाई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । 
    मंगलबार बेलुकी ६ बजेतिर बुटवलबाट पाल्पातर्फ आउने क्रममा तिनाउ गाउँपालिका–३, माथिलो शिद्धबाबा नजिकै माथिबाट खसेको पहिरोले लु ५१ प ६६३३ नम्बरको मोटरसाइकललाई लागेको थियो । 
    पहिरोले लागेर मोटरसाइकलमा सवार भण्डारी ३० मिटर तल उछिट्टिएकाे प्रहरी उपरीक्षक मल्लले बताउनुभयाे । घटनास्थलबाट उद्दार गरी लुम्विनी प्रादेशिक अस्पतालमा पठाइएपनि भण्डारीकाे मृत्यु भइसकेकाे थियाे । 
    चापागाईको उपचार भइरहेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले साे क्षेत्रमा रातिमा यात्रा नगर्न आग्रह गरेकाे छ । पानी परेकाे बेलामा जुनसुकै बेलामा पहिराे खस्ने भएकाले सिद्धार्थ राजमार्ग लगायत अन्य सहायक मार्गमा रातिमा यात्रा नगर्न प्रशासनले आग्रह गरेकाे हाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट