आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

दाउन्ने जंगलमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग दुईतर्फी बन्द


  • समाचार कुञ्ज
  • २०८२ अषाढ २५, बुधबार मा प्रकाशित ७ महिना अघि
  • ७ पाठक संख्या
  • तिर्थराज काफले नवलपुर ।
    जिल्लाको बर्दघाट नगरपालिका–४ स्थित दाउन्ने जंगलको खुर्सानी खोलानजिक पूर्व–पश्चिम राजमार्गको सडक खण्ड भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

    आज बिहान करिब ५:५५ बजे तिरको अविरल वर्षाका कारण राजमार्गको करिब ३/४ फिट सडक सतह भासिएपछि सो क्षेत्र जोखिमयुक्त बनेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले जनाएको छ।

    सडक भासिएकोले गर्दा सो मार्ग हुँदै आवतजावत गर्ने सम्पूर्ण सवारी साधन र यात्रुहरूलाई तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।
    प्रहरी कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ।

    यातायात व्यवस्था पुनःस्थापना तथा मर्मत कार्यका लागि सम्बन्धित निकाय परिचालित भइसकेको जनाइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट