आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

बाघको आक्रमणमा परि एक व्यक्ति घाइते


  • समाचार कुञ्ज
  • २०८२ अषाढ २७, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • ६ पाठक संख्या
  • नवलपुर , असार २७ –
    नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं. १ बेलुवामा बाघको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्।

    आज बिहान करिब ६:५० बजे त्रिकोण सामुदायिक वनमा घाँस काटिरहेका ३८ वर्षीय दिपेन्द्र शेर्पुन्जालाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ। बाघको आक्रमणबाट उनको दाहिने हातको पाखुरा, छातीको दाहिने भाग र ढाडमा चोट लागेको छ।

    घाइते शेर्पुन्जालाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको छ। हाल उनको अवस्था मध्यम रहेको जनाइएको छ।

    आक्रमणपछि बाघ पुनः जंगलतर्फ फर्किएको जानकारी स्थानीयवासी र सुरक्षाकर्मीले दिएका छन्।
    यस क्षेत्र नजिकै मानव र बाघबीचको द्वन्द्व बढ्दो रहेका कारण सुरक्षाको लागि सतर्कता अपनाउन सम्बन्धित निकायलाई स्थानीयले आग्रह गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट