आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

भिमाद नगरपालिकाका उत्कृष्ट सात कर्मचारी सम्मानित


  • समाचार कुञ्ज
  • २०८२ अषाढ २८, शनिबार मा प्रकाशित ७ महिना अघि
  • ७ पाठक संख्या
  • तनहुँको भिमाद नगरपालिकाले उत्कृष्ट कार्य सम्पादन गर्ने सात जना कर्मचारीलाई नगदसहित सम्मान गरेको छ। नगरपालिकाको २०औँ नगरसभाको अवसरमा आयोजित कार्यक्रममा उनीहरूलाई जनही २५ हजार रुपैयाँ नगद र सम्मान–पत्र प्रदान गरिएको हो।सम्मानित हुनेमा प्रशासकीय अधिकृत अजय सुवेदी, लेखापाल श्यामप्रसाद सापकोटा, पशु प्राविधिक सबिन भट्टराई, सब इन्जिनियर टेकप्रसाद जोशी, अमिन सरोज गैरे, स्टाफ नर्स पूर्णिमा नेपाली र कार्यालय सहयोगी तेजमाया श्रेष्ठ छन्। उनीहरूलाई नगर प्रमुख दधिराज सुवेदी, उपप्रमुख शारदा खनाल र प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले संयुक्त रूपमा सम्मान गरे।नगर प्रमुख सुवेदीले कार्यक्रमलाई सम्बोधन गर्दै इमानदारीपूर्वक सेवा दिने कर्मचारी नै संस्थाको मेरुदण्ड हुने बताए। उनले कर्मचारी र जनप्रतिनिधिबीचको समन्वय अझ मजबुत बनाउँदै सेवा प्रवाह प्रभावकारी बनाउन यस्ता सम्मान कार्यक्रमहरू प्रेरणादायी हुने उल्लेख गरे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट