आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा


  • समाचार कुञ्ज
  • २०८२ अषाढ ३१, मंगलबार मा प्रकाशित ७ महिना अघि
  • ७ पाठक संख्या
  • काठमाडौं । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत राजीनामा दिएको जानकारी दिएका हुन् ।

    उनले भनेका छन्, ‘ बिगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्निय प्रधानमन्त्री समक्ष सामान्य प्रशासनमन्त्री पदबाट राजिनामा गरेको छु ।’

    यसअघि मन्त्री गुप्ताले सोमबार बिहान प्रधानमन्त्रीसँग बालुवाटारमै पुगेर भेटेका थिए । स्रोतका अनुसार उक्त भेटमा मन्त्री गुप्ता र ओलीबीच अडियो प्रकरणबारे नै छलफल भएको थियो । त्यसपछि दिनभर मन्त्री गुप्ता मोबाइल स्विच अफ गरेर समपर्कबाहिर थिए । तर, साँझको मन्त्रिपरिषद्मा भने उपस्थित भए ।यस विषयमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेर अख्तियारले छानबिन गरिरहेको छ । अख्तियारले नै अनुसन्धान अघि बढाएको अवस्थामा नैतिकताका आधारमा पनि मन्त्री गुप्ताले राजीनामा दिने आकलन गरिएपनि, प्रधानमन्त्रीको साथ पाएपछि उनी निर्धक्क मन्त्रिपरिषद् बैठकमै उपस्थित भएका थिए ।

    मन्त्री गुप्ता, बिचौलिया पुरुष र एक महिलाबीच घूस डिलको सन्दर्भमा कुराकानी भएको अडियो सार्वजनिक भएको थियो । सार्वजनिक भएको अडियोमा बिचौलियाले भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्त गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई फोन गरिदिन र मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न मन्त्री गुप्तालाई अह्राएको सुनिन्छ । जसमा सरुवा रोक्न ५३ लाख र भूमि आयोगको कास्की अध्यक्ष बनाइदिए २५ लाख रुपैयाँ घूससम्बन्धी कुराकानी भएको स्पष्ट सुनिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट