आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

बालबालिकाको लागि  बाल अधिकार र बालमैत्री सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न


  • समाचार कुञ्ज
  • २०८२ श्रावण १, बिहिबार मा प्रकाशित ७ महिना अघि
  • ७ पाठक संख्या
  • मध्यविन्दु नगरपालिका–३ स्थित फुलबारी सामुदायिक पुस्तकालयको सभाहलमा वडास्तरीय बाल संजालका पदाधिकारीहरुलाई बाल अधिकार, बालमैत्री स्थानीय शासन र किशोरी अधिकार सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। 
    जागृति बाल तथा युवा सरोकार नेपालले मध्यबिन्दु नगरपालिकामा संचालित किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत सो कार्यक्रम सप्पन्न गरिएको कार्यक्रम अधिकृत राधाबोटेले बताउनुभयो ।
    कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालकी प्रतिनिधि राधादेवी बोटेले सहभागीहरुलाई स्वागत गर्दै बालमैत्री कार्यक्रमहरुको उद्देश्य प्रस्तुत गर्नुका साथै कार्यक्रम संचालन गर्नु भएको थियो।
    अभिमुखीकरण सत्रमा ‘बालबालिका भनेको को हो’, ‘बाल अधिकारको पृष्ठभूमि’, ‘बाल अधिकारका चार खम्बा’, ‘बाल क्लबको भूमिका र दायित्व’ साथै ‘बालमैत्री स्थानीय शासन’ सम्बन्धि विषयवस्तुमा  जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले सहजीकरण गरेका थिए ।
    उहाँले सबिधानमा पनि बाल अधिकारलाई मौलिक हकमा समावेश गरेकोले स्थानीय सरकार अझै जिम्मेवार हुनुपर्ने बताउनुभएको थियो ।
    साथै किशोरी अधिकार र किशोरी अधिकार संरक्षणको लागि बाल क्लबले खेल्नुपर्ने भुमिकाको बारेमा किशोरी अभियन्ता जेशिका महत्तो र शिवानी सापकोटाले गरेका थिए ।
    कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष मान बहादुर महतोले बाल क्लब र किशोर–किशोरीहरुले आफैं योजना बनाएर अघि बढ्ने कार्यक्रमहरुमा वडा कार्यालयले आवश्यक समन्वय र आर्थिक सहयोग गर्न सधैं तयार रहेको धारणा व्यक्त गर्नुभयो। 
    साथै, बालबालिकाले आफ्नो अधिकार सगै समुदायमा हुने विभिन्न नकारात्मक गतिविधिहरु न्यूनीकरणमा पनि सक्रिय भूमिका खेल्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो।
    सभाध्यक्ष प्रतीक नेपालले यस्ता कार्यक्रम बालबालिकाका लागि सिकाइ र सहभागिता अभिवृद्धि गर्ने अवसर भएको उल्लेख गर्दै आगामी दिनमा समेत वडामा यस्ता कार्यक्रम निरन्तर आयोजना हुनुपर्नेमा जोड दिनुभयो।
    सो कार्यक्रम मध्यविन्दु वडा नं. ३ को कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सम्पन्न भएको र  वडास्तरीय बाल संजालका उपाध्यक्ष प्रतीक नेपालको अध्यक्षता र वडाध्यक्ष मान बहादुर महतोको प्रमुख आतिथ्यता रहेको थियोे । 
    कार्यक्रममा बाल क्लबका पदाधिकारीहरू तथा अन्य बालबालिकाहरू गरि ५० जना सहभागी भएका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट