आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

दलदलेबाट भार्तीपुर आउँदै गरेको जिप दुर्घटना, ६ जना घाइते


  • समाचार कुञ्ज
  • २०८२ श्रावण ६, मंगलबार मा प्रकाशित ७ महिना अघि
  • ७ पाठक संख्या
  • कावासाेती – नवलपुरको बुलिङटार गाउँपालिका–४ स्थित बोजा पोखरी नजिकै देवचुली डाँडा जाने चोकको भिरबाट एक जिप दुर्घटनामा परेको छ।

    स्थानीयका अनुसार दलदलेबाट भार्तीपुरतर्फ गइरहेको ग.१ ज. ६८५१ नम्बरको जिप करिब १०० मिटर तल खसेको हो। जिप दुर्घटनामा परि सवार छ जना यात्रु सामान्य रूपमा घाइते भएका छन्।

    दुर्घटनापछि घाइतेहरुलाई स्थानीयको सहयोगमा उद्धार गरि जनाइएको छ। दुर्घटनाको कारण खुल्न नसकेको भए पनि सम्बन्धित निकायबाट अनुसन्धान थालिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट