आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

धरमपानीमा जनतासँगै मन्त्रीको प्रतिबद्धता: “२५ करोडभन्दा बढी बजेट ल्याइसकेका छौं”


  • समाचार कुञ्ज
  • २०८२ श्रावण १०, शनिबार मा प्रकाशित ७ महिना अघि
  • ७ पाठक संख्या
  • बन्दीपुर, साउन १० ।  शनिबार बिहान बन्दीपुर गाउँपालिका–६ स्थित धरमपानीमा आयोजित जनसमूहसँगको कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले धरमपानी र वरपरको विकासमा विशेष चासो रहने बताएकी छन्।

    कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले भनिन्, “संगठन बनाउँदा धरमपानीले मलाई धेरै ठुलो गुन लगाएको छ। मन्त्री नहुदा पनि हाम्रो पहलमा यस क्षेत्रका लागि २५ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन भइसकेको छ।”

    उनले बन्दीपुर–धरमपानी सडकलाई गत वर्ष ४ करोड र यस वर्ष पनि सोभन्दा बढी बजेट विनियोजन हुने जानकारी दिइन्। साथै, बन्दीपुर–धरमपानी–सराङघाट (बुद्ध सिंह मार्ग) सडकलाई कालोपत्रे गरिने र यसबाट बन्दीपुरको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्।

    मन्त्री न्यौपानेले भविष्यमा धरमपानीसहित यस क्षेत्रको विकासका लागि अझ विशेष चासो दिने बताईन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट