आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

भिमाद नगरपालिकाद्धारा ६३  करोड ७२ लाखको बजेट सार्वजनिक


  • समाचार कुञ्ज
  • २०८२ श्रावण १५, बिहिबार मा प्रकाशित ७ महिना अघि
  • ८ पाठक संख्या
  • दुलेगौंडा, १५ साउन । 
    तनहुँको भिमाद नगरपालिकाले ६३  करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ । नगरसभाको २० औं अधिवेशनबाट आर्थिक वर्ष २०८२÷०८३ कालागि पारित गरिएको बजेट विहिवार सार्वजनिक गरिएको हो । चालुतर्फ ४३ करोड ९१ लख र पँुजीगतर्फत १९ करोड ८१ लख रुपैया रहेको छ । आर्थिक विकासमा ३ करोड ५५ लाख, समाजिक विकासतर्फ ३५ करोड ५९ लाख, पूर्वाधारतर्फ १३ करोड ४९ लाख ४० हजार रुपैया विनियोजन गरिएको छ । कुल बजेटको ६८.९० प्रतिशत चालु र ३१.१० प्रतिशत बजेट पुँजीगततर्फ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा नगरले २ करोड रुपैया आन्तरिक आय उठाउने लक्ष्य राखेको छ । ९ वटै वडाका वडास्तरीय योजनाकोलागि ७ करोड ९९ लाख ९५ हजार रुपैया छुट्याइएको छ । 
    वार्षिक नगर विकास योजना पुस्तिकाको पूर्व मन्त्री किरण गुरुङले सार्वजनिक गर्दै निति तथा कार्यक्रममा प्राथमिकतामा राखिएका विषयलाई केन्द्रित गर्दै बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । उनले अहिलेको समयमा उत्पादनमुलक क्षेत्रमा लगानी गरि नगरवासीले उच्चतम लाभ लिन सक्ने खालका योजना ल्याउनुपर्ने उल्लेख गरे । नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका गुरुङले स्थानीय तहको अधिकार क्षेत्रमा केन्द्रित रहि तीन वटै सरकारसँग समन्वय गरी विकासका योजना कार्यान्वय गरेर समृद्ध भिमाद बनाउनतर्फ लाग्न आग्रह गरे । नेता गुरुङले संविधान पूर्ण रुपमा कार्यान्वयन गर्न संसदले कानुन बनाउनुपर्नेमा सो अनुरुप कानुन बन्न नसक्दा संघीयतामाथि प्रश्न उठिरहेको टिप्पणी गरे । 
    नगर प्रमुख दधिराज सुवेदीले विनियोजित बजेट समयमै प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक रहने बताए । कार्यक्रममा नगर उपप्रमुख सारदा खनाल, अग्रज पत्रकार विश्वबन्धु भण्डारी, नगर प्रवक्ता पदमसेन ठकुरी, नेपाली काङ्ग्रेस भिमाद नगर कार्यसमिति सभापति अरविन्द्र श्रेष्ठ, नेकपा एमाले भिमाद नगर कमिटी अध्यक्ष इमान बहादुर थापा, नेकपा माओवादी केन्द्र भिमादका अध्यक्ष अमृत सिग्देल, राष्ट्रिय जनमुक्तिका मुक्त बहादुर थापा, नेकपा एसका मनिलाल थापा, जनज्योती क्याम्पसका क्याम्पस प्रमुख केशव काफ्ले, जनज्योती माविका सहायक प्रधानाध्यापक सुरज लम्साल, तनहुँ प्राविधिक शिक्षालयका प्रमुख प्रदिपराज पौडेल लगायतले बोलेका थिए । असार १० गते शुरु भएको नगर सभा २७ गते सम्पन्न भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट