
समाचार कुञ्ज साउन १७ अन्जान परियार, घिरिङ।
घिरिङ गाउँपालिका –१ पुट्टार स्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा शनिबार दिउँसो आगलागी भएको छ। दिउँसो करिब २ बजे विद्युत सर्टका कारण शिक्षालयको भण्डार कोठामा आगो लागेको हो।
आगलागीबाट कागजपत्र, कम्प्युटर, प्रिन्टर तथा दुईवटा पङ्खा जलेर क्षति भएको शिक्षालयका प्रमुख कृष्ण बहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार क्यान्टिनमा खाजा खाने समयमा पङ्खा तीव्र गतिमा घुमेको थियो, त्यस सँगै भन्डार कोठाको झ्यालबाट धुवाँ देखिएको थियो। आगो लागेको थाहा पाएपछि शिक्षक, कर्मचारी, विद्यार्थी तथा सुरक्षाकर्मीहरूको सहकार्यमा फायर एक्सटिङ्ग्विशर प्रयोग गरी आगो नियन्त्रणमा लिइएको श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस