
समाचार कुञ्ज तिर्थराज काफ्ले कावासाेती— लगातारको वर्षापछि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित बिनयी त्रिवेणी गाउँपालिका–२ को विश्वकर्मा मन्दिर नजिकै पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो १२:५० बजे पहिरो खसेको छ। पहिरोका कारण राजमार्ग दुबै तर्फबाट अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सवारी आवागमन ठप्प भएपछि यात्रुहरूलाई अन्योल भएको छ भने सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा पहिरो हटाउने प्रयास भइरहेको छ।
प्रहरी प्रशासनले सडक पूर्णरूपमा खुला नभएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस