आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

पाल्पाका मुख्य र सहायक मार्गहरू पूर्ण रूपमा बन्द 


  • समाचार कुञ्ज
  • २०८२ श्रावण २०, मंगलबार मा प्रकाशित ६ महिना अघि
  • ७ पाठक संख्या
  • पाल्पा – अविरलकाे वर्षातले सडकमा पहिराे खस्दा जिल्लाका मुख्य र सहायक सडकहरू बन्द भएका छन् । सिद्धार्थ राजमार्गकाे सिद्धबाबा र गाैडेपुल क्षेत्रमा पहिराे खसेकाे छ । साे सडकखण्ड १६ घण्टादेखि बन्द छ । यस्तै आर्यभाङ्ज्याङ्-रामपुर सडकखण्डकाे माथागढी-१, चिदीपानी बुढिकाेट क्षेत्रमा खसेकाे पहिराेले साे सडक बिहानदेखि अबरूद्ध बनेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।
     यस्तै सालझण्डी सुँगुरेढुङ्गा सडकखण्ड पनि अबरूद्ध बनेकाे छ । साे सडकखण्डकाे जुठापाैवामा खसेकाे पहिराेले सडक अबरूद्ध बनेकाे हाे । अविरल वर्षात भइरहेकाेले पहिराे हटाउन समस्या छ । सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा खसेकाे पहिराे हटाउन स्काभेटर र जेसिवीकाे व्यवस्था गरिएकाे भएपनि वर्षातले पहिराे हटाउन समस्या भएकाे सडक डिभिजन कार्यालय पाल्पाले जनाएकाे छ । सडक अबरूद्ध हुँदा सयाैँ सवारीसाधन बर्तुङ्, प्रभास, दाेभान, चर्चरे क्षेत्रमा राेकिएकाे ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रवीण आचार्यले जानकारी दिनुभयाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट