आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

मध्यविन्दुमा बाल अधिकार, किशोरी अधिकार तथा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण


  • समाचार कुञ्ज
  • २०८२ श्रावण २४, शनिबार मा प्रकाशित ६ महिना अघि
  • ६ पाठक संख्या
  • मध्यविन्दुमा बाल अधिकार, किशोरी अधिकार तथा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न।
    रास्ट्रीय बाल सहभागिता दिवस २०८२ को अवसरमा मध्यविन्दु नगरपालिका–१ मा वडास्तरिय बालक्लवका पदाधिकारी र बालबालिकाहरुलाई  बाल अधिकार, किशोरी अधिकार तथा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको  छ।
    जागृती बाल तथा युवा सरोकार नेपालको आयोजना, क्यान्नलानको सहयोग, कन्सोर्टियम नेपाल, जागृती बाल क्लब नेपाल, जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.पु.) तथा मध्यविन्दु वडा नं. १ को समन्वय र एक्यवद्धतामा सो कार्यक्रम  सम्पन्न गरिएको हो । 
    कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका कार्यक्रम  अधिकृत राधा देवी बोटेले बाल सहभागिता दिवसको सन्दर्भ सहित बालमैत्री स्थानीय शासनको अवधारणा, सूचकहरु, बाल विवाह र कानुनी व्यवस्था, हिंसा तथा दुर्व्यवहारमा सहयोग प्राप्त गर्न सकिने निकाय र हटलाइन नम्बरबारे विस्तृत जानकारी दिइन्।
    बाल क्लबको स्थापनाको लागि अग्रजहरुले गरेको त्याग र बलिदानको कारण नै गाउँ गाउँमा यसरी बाल क्लबहरु स्थापना हुन सकेको र सहभागिता जनाउन पाईयको बताउनुभयो । 
    त्यस्तै, किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गतकी साथी शिक्षक अनिसा पौडेलले बालबालिका भनेको को हो, बाल अधिकारको पृष्ठभूमि, चार आधार स्तम्भ’, ‘बाल क्लबको भूमिका र दायित्व’ तथा ‘राम्रो र नराम्रो छुवाई’ जस्ता विषयमा सहभागीहरुलाई अभिमुखीकरण गराइन्।
    बालबालिकालाई आफुलाई परेको समस्या सहज रूपमा समुदाय स्तर र बिधालय स्तरमा भन्न सक्नुपर्ने र अभिभावक वा शिक्षकहरुलाई बताउनुपर्नेमा जोड दिनुभयो । प्रत्येक बिधालयमा बाल क्लब र लैङ्गिक फोकल शिक्षकहरु रहनुहुने र उहाँहरुलाई पनि तालीम दिइयको बताईयको थियो ।
    सहजकर्ता किशोरी अभियन्ता  संगिता वि.क.ले किशोरीहरुले लिएका तालिम र विद्यालय तथा समुदायमा गर्दै आएका गतिविधिहरुको बारेमा जानकारी दिदै सवैले मिलि अभियान सफल पार्नुपर्ने बताउनु भयो ।
    कार्यक्रममा सहभागी नवज्योति आधारभूत विद्यालयका सल्लाहकार समितिका सदस्य लक्ष्मी खत्रीले यस किसिमको कार्यक्रममा पहिलो पटक सहभागी भई नयाँ विषय सिकाई पाएको अनुभव सुनाउनु भयो। 
    कार्यक्रमको प्रमुख अतिथि रेम कुमारी महतोले बालबालिकामा अधिकारसँगै कर्तव्यबोध गराउने कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै यस्ता सचेतनामूलक गतिविधि निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा अध्यक्ष गिर बहादुर खत्रीले कार्यक्रमबाट बाल अधिकार, बालश्रम, बाल विवाहलगायतका महत्वपूर्ण विषयमा बालबालिकाले ज्ञान हासिल गरेको बताए। कार्यक्रममा खेल र अन्तरक्रियामार्फत सिकाइ प्रभावकारी बनाइएको थियो।
    कार्यक्रममा वडास्तरिय बालक्लवका सचिव गिर बहादुर खत्रीको अध्यक्षता तथा वडा सदस्य रेम कुमारी महतोको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा ३५ जनाको सहभागीता रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट