
समाचार कुञ्ज ०४ भाद्र २०८२
पोखरा,
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, गण्डकी प्रदेश कमिटीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवनियुक्त हुनु भएको उपकुलपति प्रा. डा. भरत बहादुर खत्री, डीन सह-प्रा. डा. डेविड श्रेष्ठ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको निर्देशकमा सह-प्रा. डा. प्रेमराज पगेनीलाई बधाई तथा सफल कार्यकालको शुभकामना ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको केन्द्रीय सचिवालय सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज हरिलाल आचार्य र डा. कपिल गौतमले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, गण्डकी प्रदेश कमिटीको अध्यक्ष डिल्ली आचार्यले वधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रतिष्ठानका हरेक सेवाहरु प्रत्येक्ष जनताको पहुँच सरल तरिकाले पुग्ने वातावरण
बनाउनका लागि आग्रह गर्दै महासंघले हरेक राम्रा कामहरुको प्रचारप्रसार गर्ने र हरदम सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो भने प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा. डा. भरत बहादुर खत्रीले आँफुले प्रतिष्ठानलाई १ नं. प्रतिष्ठानमा पुर्याउनका लागि कुनै कसुर नराख्ने र डि.एम. तथा एम.सि.एच. का कार्यक्रमहरु सञ्चालन गर्नका लागि पहल गरेको र हरेक नागरिकले सहज रुपमा उपचार प्राप्त गर्नका लागि हरदम लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको कार्यक्रमको संचालन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, गण्डकी प्रदेश कमिटीको सचिव प्रितम थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस