
समाचार कुञ्ज Right4Children संस्थाको सहयोगमा र विभिन्न विद्यालयहरुको आयोजना तथा बौदीकाली गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा छात्रा लक्षित यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी पाँच दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। भदौ १ गतेदेखि सुरु भएको कार्यक्रम भदौ ५ गतेसम्म सञ्चालन भई जम्मा २०१ जना छात्राहरुको सक्रिय सहभागिता रहेको थियो।
बालकल्याण आधारभूत विद्यालय ४२, शारदा मा वि ३९, सबैप्रिय मा वि ४० र डेढगाउँ मा वि ४० जना छात्राहरुले कार्यक्रममा सहभागिता जनाएका थिए। यस यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी प्रशिक्षण कार्यक्रममा सैद्धान्तिक ज्ञान सँगै स्यानिटरी प्याड बनाउने व्यवहारिक तालिम पनि प्रदान गरिएको थियो।
समापन समारोह हिजो श्री डेढगाउँ माध्यमिक विद्यालय बौदीकाली – २, डेढगाउँमा सम्पन्न भयो। कार्यक्रममा बौदीकाली गाउँपालिका अध्यक्ष प्रमुख अतिथि, वडा नं. २ का अध्यक्ष श्री श्यामसुन्दर श्रेष्ठ र Right4Children संस्थाका सिकाइ परियोजना कार्यक्रम व्यवस्थापक श्री सूर्य गैरे विशिष्ट अतिथि रहनु भएको थियो।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री वाल प्रसाद ठाडाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन श्री डेढगाउँ माध्यमिक विद्यालयका शिक्षक श्री युवराज चापागाईले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस