आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

तनहुँकी चेली रेविका मिस वर्ल्ड टुरिजम २०२५ मा नेपालबाट मिस साउथ एशियाका रुपमा सहभागी हुँदै 


  • समाचार कुञ्ज
  • २०८२ भाद्र ७, शनिबार मा प्रकाशित ६ महिना अघि
  • ५ पाठक संख्या
  • भाद्र ७ ,भिमाद 
     गण्डकी प्रदेश तनहुँ जिल्ला घिरिङ्ग गाउँपालिका ३ की रेबिका थापा मगर मिस वर्ल्ड टुरिजम २०२५ मा नेपालको तर्फबाट मिस साउथ एशियाका रुपमा सहभागि हुने भएकी छिन् । आरके इन्टरटेन्मेन्ट ग्रुपले आयोजना गरेको मिस ग्राण्ड नेपाल २०२५ मा मिस ग्राण्ड गण्डकीको उपाधि जिते संगै रेबिकाले मिस वल्र्ड टुरिजम २०२५ मा मिस साउथ एशियाका रुपमा आफ्नो सहभागिता पक्का गरेकी हुन् । मिस वर्ल्ड टुरिजम २०२५ इन्डोनेसियाको बाली शहरमा आगामी अगष्ट २५ देखि २९ तारिख सम्म संचालन हुँदैछ ।सो प्रतियोगितामा सहभागिताका लागि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागिता सम्बन्धी अभिमूखीकीकरण र प्रशिक्षण फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यबाट प्राप्त गरेकी थिइन् ।
    मोडलिङमा रुचि राख्दै र सामाजिक अभियन्ता गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छिन्। विशेष गरी युवालाई पर्यटनप्रति आकर्षित गर्ने, स्थानीय संस्कृतिलाई जगेर्ना गर्ने दिशामा उनले निरन्तर काम गर्दै आएकी छिन्। उनले नेपालको हिमाल, पहाड र तराईका भौगोलिक विविधता, धार्मिक तथा ऐतिहासिक स्थलहरू, जातजातिको कला–संस्कृति र नेपालीहरूको आत्मीय अतिथि सत्कारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रर्दशन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट