
समाचार कुञ्ज राष्ट्रिय युवा संघ भिमाद वडा नं ८ द्वारा आयोजित वृक्षारोपण कार्यक्रम धार्मिक स्थल अबदुत धुनि शिवालय मन्दिर परिसरमा सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय युवाहरू, संघ–संगठनका प्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमका क्रममा मन्दिर परिसरलाई हरियालीयुक्त र पर्यावरणमैत्री बनाउन फलफूलका साथै आयुर्वेदिक औषधिजन्य बिरुवाहरू रोपिएका छन् । सहभागीहरूले आम मानिसलाई उपयोगी हुने, स्वास्थ्यमा फाइदा पुर्याउने तथा वातावरण संरक्षणमा सहयोग पुर्याउने खालका बिरुवा रोजेर वृक्षारोपण गरेको राष्ट्रिय युवा संघ भिमादका अध्यक्ष विजय मल्लले बताउनु भएको छ ।
उक्त अवसरमा प्रमुख अतिथि राष्ट्रिय युवा संघको केन्द्रीय सचिवालय सदस्य खनालले वृक्षारोपण कार्य समाजका लागि निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले आयुर्वेदिक र औषधिजन्य बिरुवा रोप्नु केवल वातावरण संरक्षणमा मात्र सीमित नभई मानिसको स्वास्थ्य र आयुर्वेदिक उपचार प्रणालीलाई पनि सबल बनाउन मद्दत गर्ने विचार व्यक्त गर्नुभयो । साथै उहाँले युवाहरूले यस्ता सकारात्मक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
स्थानीयवासीहरूले धार्मिक स्थलमा गरिएको वृक्षारोपण अभियानले क्षेत्रको सौन्दर्य बढाउनुका साथै भविष्यमा सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस