आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

संघीयता कार्यान्वयनमा देखिएका चुनौतीहरु समाधान गर्दै जानुपर्नेः मन्त्री न्यौपाने


  • समाचार कुञ्ज
  • २०८२ भाद्र २१, शनिबार मा प्रकाशित ५ महिना अघि
  • ५ पाठक संख्या
  • संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधान गर्दै जानुपर्ने बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित आयोजित ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले संघीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधान गर्दै स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । 

    अहिलेको अवस्थामा संघीयता पूर्णरुपमा कार्यान्वयन भइनसकेको भन्दै मन्त्री न्यौपानेले संघीयता पुर्ण रुपमा कार्यान्वयनमा जान अझै केही समय लाग्ने बताउनुभयो । संविधान जारी भएपछि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा उल्लेख्य प्रगति भएको उहाँको दाबी थियो । संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको पूर्ण कार्यान्वयन गर्दै स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ । 

    स्थानीय सरकारले गाउँगाउँमा सिंहदरबारको रुपमा जनतालाई घर आँगनमै सेवा दिईरहेको मन्त्री न्यौपानेले बताउनुभयो । स्थानीय सरकार जनतामाझ सेवा प्रवाहमा सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै उहाँले त्यसलाई बलियो बनाउन संघ र प्रदेशले अधिकार हस्तान्तरण गर्न जरुरी रहेको बताउनुभयो । 

    ‘जनतालाई सर्भिस डेलिभरीमा सबैभन्दा बढी ध्यान दिने सरकार नै स्थानीय सरकार हो, त्यसैले स्थानीय सरकार शक्तिशाली हुनुपर्छ भनेर नै हामीले लामो समयदेखि आन्दोलन पनि गरेका हौँ’ उहाँले भन्नुभयो ‘संविधानले दिन खोजेको अधिकार पनि त्यही हो ।’ सबै तहका सरकारले आफ्नो कार्यक्षेत्र, अधिकार र कर्तव्य पालना गर्नसकेमात्र संविधानको सफल कार्यान्वयन हुने भन्दै उहाँले यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट