
समाचार कुञ्ज भदौ, घिरिङ, समर रानाभाट
कृष्ण गण्डकी बचत तथा ऋण सहकारी संस्थाको १४ औैं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बौदिकाली २ डेढगाउँमा शनिबार आयोजित सहकारीको साधारण सभाका संस्थाका अध्यक्ष उजज्वल ओझाले सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी वित्तीय लक्ष्य प्रस्तुत गरेका थिए । उनले आर्थिक वर्ष २०८१÷०८२ नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सहकारीमा शेयर पूँजी वृद्धि गर्ने, सबै प्रकारका कोषको वृद्धि गर्ने, बचत तथा निक्षेप वृद्धि गर्ने र बाह्य ऋण घटाउँदै लाने लगायतका वित्तीय लक्ष्य सहितको प्रतिवेदन अध्यक्ष ओझाले प्रस्तुत गरेका थिए ।
नीति तथा कार्यविधि संशोधन तथा निर्माण, ऋण लगानी, अचल सम्पत्ती धितो, सदस्य रहात कार्यक्रम ,सहकारी शिक्षा कोष ,सक्षित पूँजी फिर्ता कोष र शेयर लाभान्स कोषको रकम बितरण एकीकरण , लेखा परीक्षकको नियुत्ती तथा पारिश्रमिक निर्धारण , , वाह्य ऋण माग गर्ने लगायतका संस्थाले नीति तथा कार्यक्रमहरु अघि सारिएको संस्थाका अध्यक्ष ओझाले बताए ।

सहकारीले आर्थिक वर्ष २०८१ -२०८२ असार मसान्त सम्ममा सहकारीको शेयर पूँजी २८ करोड ५८ लाख ३ हजार १०० सय रुपैयाँ रहेको छ । त्यस्तै साधारण जगेडा कोष १९ करोड १३ लाख १ हजार ९ सय १९ रूपैयाँ ४१ पैसा , अन्य कोष १६ करोड ४५ लाख ५ सय ६० रुपैयाँ रहेको छ ।
साधारण सभामा बौदिकाली गाउँपालिका भित्रका विद्यालयबाट एस ईईमा उत्कृष्ट जिपिए ल्याउने प्रिजला अस्लामी लाई नगद सहित समान गरिएको थियो भने कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याउने सम्राट पाण्डेलाई समान गरिएको थियो । यसैगरी उत्कृष्ट कारोबार क्रमिक बचत गर्ने हरीमाया श्रेष्ठ , उत्कृष्ट बचत गर्ने मिन कुमार श्रेष्ठ , उत्कृष्ट नियमित कारोवार गर्ने विरेन्द्र घिमिरे , उत्कृष्ट कर्जा तर्फ मन्जु कुमारी वि.क , हुम बहादुर खत्री , सञ्चालक उपसमिति ओम बहादुर श्रेष्ठ लगायतलाई समान गरेको छ ।
सहकारीकी उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ स्वागत गरेको कार्यक्रममा सहकारी सल्लाहकार सदस्य शंकर कुमार वि.क ,छविलाल ओझा ,होम नाथ भट्राई , बाल प्रसाद ठाडा, श्याम सुन्दर श्रेष्ठ लगायतले शुभकामना राखेका थिए ।
लेखा समितिका संयोजक कुलमणि ढुङ्गनाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिवको प्रतिवेदन मेघ बहादुर ठाडाले गरेको कार्यक्रमको सञ्चालन संस्थाका सदस्य भानुभक्त ओझाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस