
समाचार कुञ्ज शुक्लागण्डकी नगरपालिका वडा नं. ६ को कार्यालयलाई सेवा प्रवाह चाडो गर्न सघाउने उदेश्यले लुम्बिनी विकास बैंकले कम्प्युटर सेट, प्रिन्टर, टेबुल र चेयर प्रदान गरेको छ । मंगलवार खैरेनीटारस्थित जलेको वडा कार्यालय परिसरमा पुगेर बैंकका गण्डकी प्रदेशका निर्देशक राम सिग्देलले नगर उपप्रमुख खुम बहादुर विक राजु र वडा नंं ६ का अध्यक्ष बुद्धि बहादुर थापालाई सो सामाग्री हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत १ लाख २७ हजार मुल्य बराबरको ती सामग्री प्रदान गरेको हो । सहयोगसँगै प्रगतिटोलमा रहेको खैरेनीटार आयुवेर्दीक औषधालयबाट सेवा नियमित सुचारु भएको वडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस