आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

गोरखाको पालुङटारमा असोज ९ गते ‘ हाट बजार उद्घाटन कार्यक्रम ’ हुने


  • समाचार कुञ्ज
  • २०८२ आश्विन ३, शुक्रबार मा प्रकाशित ५ महिना अघि
  • ६ पाठक संख्या
  • निराज रानाभाट, गोरखा । गण्डकी प्रदेशमा पर्ने गोरखा जिल्लाको पालुङटार नगरपालिका -४, बाह्रपिर्केमा असोज ९ गते ‘ हाट बजार उद्घाटन कार्यक्रम ’ हुने भएको छ । पालुङटार नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय अन्तर्गत स्थानीय हाट बजार सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा हुने उक्त कार्यक्रममा स्थानीय उत्पादनलाई प्रोत्साहन दिइने जनाइएको छ । उक्त हाट बजारमा स्थानीय रुपमा उत्पादित कृषि उपज र तिनका उप – उत्पादनहरू, फलफूल बाली, जिउँदो खसीबोका, कुखुरा तथा रैथानेबाली, लघु उद्यमीहरुले तयार गरेका सामग्री तथा परिकारहरु समेत बिक्री / वितरण गरिने छ । 

    त्यस्तै, हाट बजार उद्घाटन कार्यक्रममा स्थानीय झाँकी तथा नृत्य समेत प्रस्तुत गरिने छ । स्थानीय उत्पादनको बिक्री बढाएर कृषकहरुलाई लाभ दिलाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमलाई सफल पार्न पालुङटार नगरपालिकाले सम्पूर्ण उत्पादक कृषक तथा उपभोक्ताहरूलाई उपस्थित भएर लाभ लिन आग्रह गरेको छ । उक्त हाट बजारमा कृषकहरूलाई निःशुल्क स्टल उपलब्ध गराइने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट