आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोलामा झन् ठूलो पहिरो खसेपछि पन्छाउने काम अझै सुरु हुन सकेन 


  • समाचार कुञ्ज
  • २०८२ आश्विन ४, शनिबार मा प्रकाशित ५ महिना अघि
  • ५ पाठक संख्या
  • नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलानजिकै पहिरो जाँदा अवरुद्ध सडक अझै खुल्न सकेको छ । पहिरो खस्ने क्रम अझैसम्म पनि नरोकिएकाले पन्छाउने काम सुरु नभएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । शुक्रबार साँझ ७ः१५ बजे पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध छ ।

    बिहान ६ बजेसम्म पनि ढुङगासहितको पहिरो खस्ने क्रम नरोकिएपछि पहिरो पन्छाउने काम सुरु हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार आज यो सडकखण्ड भएर यात्रा नगर्न अनुरोध गरिएको छ ।नारायणी अनलाइनबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट