आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

कावासाेती १५ शेरगञ्जमा टिम्बर ट्रपिकल रिट्रीट होटल सञ्चालनमा 


  • समाचार कुञ्ज
  • २०८२ आश्विन १४, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • ६ पाठक संख्या
  • नवलपुर, असोज १४ । 
    पर्यटन व्यवसायमा अगाडि बढिरहेको नवलपुर (पूर्वी नवलपरासी) मा टिम्बर ट्रपिकल रिट्रीट होटल सञ्चालनमा आएको छ । 
    नेचरगाइड देवेन्द्र महतो र होटल म्यानेजमेन्ट अध्ययनरत उनका छोरा सिलासले कावासोती नगरपालिका–१५ शेरगञ्जमा टिम्बर ट्रपिकल रिट्रीट होटल सञ्चालनमा ल्याएका हुन । महतोका आमाबुबा बिकनकुमारी थरुनी र रुपनारायण महतोले मंगलबार संयुक्त रुपमा होटलको उद्घाटन गरे । 
    सुन्दर, शान्त, प्राकृतिक वातावरण र रैथाने थारु परिकारसंग रमाउन चाहने पाहुनालाई लक्षित गरेर होटल सञ्चालन गरेको सञ्चालक महतोले बताए । उनले होटलमा घोङ्घी, माछा, हाँस, चिचर, सोझो रोटी लगायतका थारु परिकारसहित पाहुनाले अर्डर गरे अनुसार चाइनिज लगायत अन्य खानेकुराका परिकार उलब्ध गराइने जानकारी दिए । “हाम्रो विशेष परिकार भने रैथाने थारु खाना नै रहने छ”, सञ्चालक महतोले भने । 
    काठ, बाँस लगायत वनजन्य सामग्री प्रयोग गरेर बनाइएको होटलको वरिपरि रुख र बोटविरुवा रहेका छन् । शेरगञ्जको अग्लो भागमा रहेको होटलबाट चितवन राष्ट्रिय निकुञ्जसहित बाघखोर होमस्टेको सुन्दर दृश्य देखिने गर्दछ । होटल परिसरमा सिजन अनुसार विभिन्न किसिमका आगन्तुक चराचुरुङ्गी आउने गरेका छन् । गर्मी याममा स्वर्गचरी, कोइली लगायतका पाहुना चराले त्यस ठाउँमा गुँड बनाएर बचेरा हुर्काउने गरेको महतोले जानकारी दिए । त्यसैगरी, रैथाने विभिन्न प्रजातिका चरा जतिसुकै बेला देखा पर्ने गरेको जनाइएको छ ।
    चराचुरुङ्गी, प्रकृति र स्थानीय थारु संस्कृतिसंग रमाउन चाहेका पर्यटकका लागि आफ्नो होटल उपयुक्त गन्तव्य बन्न सक्ने महतोले उल्लेख गरे । उनले डण्डा बजार र कावासोती बजारको बाटो भएर होटलसम्म पुग्न सकिने जानकारी दिए ।  
    होटल उद्घाटन कार्यक्रममा अमेरिका बस्दै आएका कावासोती नगरपालिका–१५ गोडारका राजु महतो, कैलालीको धनगढीका अविनाश चौधरी, होटल व्यवसायी बिनु महतो लगायतको उपस्थिति रहेको थियो । 
    शेरगञ्जमा सञ्चालनमा आएको टिम्बर ट्रपिकल रिट्रीट होटल ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट