आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

मुग्लिन-नारायणगढ सडकखण्डमा फेरी लेदो खस्याे, सडक अवरुद्ध


  • समाचार कुञ्ज
  • २०८२ आश्विन १४, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • १० पाठक संख्या
  • तिर्थराज काफ्ले कावासाेती , 
    आज साँझ करिब ७:३० बजे  मुग्लिन–नारायणगढ सडकखण्डको तुईन खोला पुल नजिकै माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको छ।

    घटनास्थलमा सडक सफा गर्ने मेसिन पठाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। लेदोका कारण सडकमा रोकिएका सवारीसाधनलाई संयमित भई लेन अनुशासन पालना गर्न अनुरोध गरिएको छ।

    हालैको वर्षाका कारण सो क्षेत्रमा पहिरो खस्ने जोखिम बढेकोले सडक प्रयोग गर्दा अतिरिक्त सतर्कता अपनाउन समेत सडक डिभिजनले आग्रह गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट