आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा रौतहटमा


  • समाचार कुञ्ज
  • २०८२ आश्विन १८, शनिबार मा प्रकाशित ४ महिना अघि
  • १० पाठक संख्या
  • तिर्थराज काफ्ले कावासाेती
    पछिल्ला १२ घण्टामा देशभरमध्ये रौतहट जिल्लामा सबैभन्दा धेरै वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    सबैभन्दा बढी रौतहटको महेशपुरमा ३२६ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यसपछि गौरमा ३०४.४ मिलिमिटर र गरुडामा २७०.४ मिलिमिटर वर्षा परेको छ।

    त्यस्तै पर्साको वीरगञ्जमा २५०.६ मिलिमिटर र रंगपुर टाँडीबजारमा १९४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

    अत्यधिक वर्षाका कारण रौतहट र पर्साका विभिन्न क्षेत्रमा जलमग्नता र बाढीको जोखिम बढेको बताइएको छ। स्थानीय प्रशासनले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टासम्म पनि तराईका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट