
समाचार कुञ्ज तिर्थराज काफ्ले नवलपुर, असोज १८ – आज साँझ ६ बजेदेखि चितवन जिल्ला प्रशासन कार्यालयले चितवनमा भित्रिने र बाहिरिने सबै प्रकारका सवारी साधनमा पूर्ण रूपमा रोक लगाएको छ।
जिल्ला प्रशासनका अनुसार बाहिरी जिल्लाबाट चितवन आइपुगेर अलपत्र परेका यात्रुका लागि राहत स्वरूप विशेष व्यवस्था गरिएको छ। भरतपुर, नारायणगढ र सौराहाका होटलहरूले यात्रुलाई नियमित शुल्कमा ७५ प्रतिशत छुट प्रदान गर्ने भएका छन्।
यो व्यवस्था भर्खरै जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सुरक्षा निकाय, होटल व्यवसायी संघ र सरोकारवालाबीचको बैठकले गरेको निर्णयअनुसार लागू गरिएको हो।
प्रशासनले यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न र अनावश्यक रूपमा सडकमा ननिस्कन आग्रह गरेको छ। साथै, स्थिति सामान्य भएपछि मात्र सवारी आवागमन पुनः सुरु गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस