
समाचार कुञ्ज असोज ,२२
गत असोज ८ गते आएको अविरल वर्षा र चट्याङले घिरिङ गाउँपालिका वडा नम्बर -४ उम्सेमा रहेको श्री कृष्ण गंगा आधारभूत विद्यालयमा चट्याङ परेर विद्युत मिटर जले,र नष्ट भएको छ । दशै बिदा भएकोले विद्यालय हिजो मात्र खुलेको हुदां सम्पुर्ण क्षेती भएको जानकारी विद्यालयले मंगलबार दिएको थियो । विद्यालय प्रशासनका अनुसार विद्युतीय सामाग्री पुर्ण तथा आंशिक रूपामा क्षती भएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयमा भएका विद्युत मिटर, मिटरको एम.सि.बि. पोल देखि मिटर सम्मको कालो तार , वेयरिङ तार, पुरानो कार्यालय कक्षको एम.सि.बि. ,पङखा र स्पिड कन्ट्रोलर, वेयरिङ लिस्टि, पावर सकेट र स्वीच बोर्ड पुर्ण रूपमा क्षती भएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस