आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

“भविष्यलाई दिशा दिने तालिम” सफलतापूर्वक सम्पन्न


  • समाचार कुञ्ज
  • २०८२ आश्विन २३, बिहिबार मा प्रकाशित ४ महिना अघि
  • ११ पाठक संख्या
  • तिर्थराज काफ्ले कावासाेती नवलपुर । 

    सरल नेपाल नवलपुरको अध्यक्ष समिर लामिछानेको अध्यक्षतामा तथा कावासोती नगरपालिका–११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा “करिअर परामर्श तथा व्यक्तित्व विकास तालिम” सफलतापूर्वक सम्पन्न भएको छ।

    वाईज भिजन विद्यालय, पिठौलीका विद्यार्थीहरूका लागि आयोजना गरिएको उक्त तालिमले विद्यार्थीहरूमा जीवन मूल्य, करिअर योजना तथा व्यक्तित्व विकासप्रतिको चेतना अभिवृद्धि गरेको सहभागीहरूले बताएका छन्।

    कार्यक्रममा वडा कार्यसमिति सदस्य केवल चौधरी, विद्यालयका प्रधानाध्यापक तिलक चन सापकोटा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सागर गुरुङ, सरल नेपालका केन्द्रीय अध्यक्ष एवंम् प्रमुख तालिमका प्रमुख प्रशिक्षक  मनिष पौडेल, जिल्ला इन्चार्ज आयुष ढकाल र गैडाकोट नगर अध्यक्ष सुगम पोख्रेलको विशेष उपस्थिती रहेको थियो।

    कार्यक्रमको सञ्चालन सरल नेपाल नवलपुरका जिल्ला सचिव सम्राट पाण्डेले गर्नुभएको थियो।
    यस तालिममार्फत विद्यार्थीहरूलाई आफ्नो भविष्यको दिशा निर्धारण गर्न प्रेरणा प्रदान गरिएको आयोजकहरूले जनाएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट