आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

विद्यार्थीद्वारा उत्पादन गरिएको तिल बिक्रीमा


  • समाचार कुञ्ज
  • २०८२ आश्विन २६, आईतबार मा प्रकाशित ४ महिना अघि
  • ९ पाठक संख्या
  • तिर्थराज काफ्ले कावासोती नवलपुर ।
    कावासोती–१५ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफूहरूले उत्पादन गरेको तिल बिक्रीमा राखेका छन् । विद्यालयमा सञ्चालन भइरहेको “सिक्दै कमाउँदै, कमाउँदै सिक्दै” कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले खेती गरी उत्पादन गरेको तिल कावासोती–१७ गोछडामा जारी नगर स्तरीय आधारभूत तह खेलकुद प्रतियोगिता स्थलमा बिक्रीका लागि राखिएको हो ।

    विद्यालयका प्र.अ लक्ष्मी न्यौपानेका अनुसार यस कार्यक्रमले विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउन, सीपमूलक शिक्षा प्रवर्द्धन गर्न र स्थानीय उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य लिएको छ ।

    शिक्षक राजु क्षेत्रीका अनुसार विद्यार्थीहरूले विद्यालयकै जग्गामा  तिल खेती गरेर उत्पादन गरेका हुन् । स्थानीय अभिभावक, खेलकुदमा सहभागी विद्यार्थी तथा दर्शकहरूले विद्यार्थीहरूको यस पहलको प्रशंसा गरेका छन् ।

    हाल कावासोती–१७ गोछडामा रहेको सरस्वती माध्यमिक विद्यालयको खेलमैदानमा नगर स्तरीय आधारभूत तह खेलकुद प्रतियोगिता जारी रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट