आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

आजदेखि काठमाडौंको भृकुटीमण्डमा ‘ तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२ ’ 


  • समाचार कुञ्ज
  • २०८२ आश्विन २९, बुधबार मा प्रकाशित ४ महिना अघि
  • १० पाठक संख्या
  • निराज रानाभाट, काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा आजदेखि काठमाडौंको भृकुटीमण्डमा ‘ तेस्रो तिहार फ्लोरा एक्स्पो – २०८२ ’ शुरु भएको छ । ‘ तिहारको उत्सव, फूलको महोत्सव ’ भन्ने नाराका साथ संघले आयोजना गरेको एक्स्पो कार्तिक १ गते ( ५ दिन ) सम्म संचालन हुने छ । उक्त एक्स्पोको समुद्घाटन नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द्रप्रसाद शर्माले गरेका थिए, भने विभिन्न सरकारी तथा गैर – सरकारीलगायत विभिन्न संघ / संस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नर्सरी र नर्सरी जन्य वस्तुको अत्याधिक परनिरभरतालाई कम गर्दै स्वदेशी उत्पादन बढाउनु पर्ने आवश्यतालाई मध्यनजर गर्दै संघले एक्स्पो गरेको जनाएको छ । उक्त एक्स्पोमा ६२ वटा व्यवसायीक स्टललगायत वनस्पती विभाग, पुष्प विकास केन्द्रसहितको अफिसियल ४ वटा स्टल तथा प्रतिश्पर्धाको ४ वटा स्टल समेत गरी जम्मा ७० वटा स्टल रहेका छन् ।

    आयोजकका अनुसार व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण – पत्रद्वारा पुरस्कृत गरिएको छ । उक्त एक्स्पोमा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल विरुवाहरुलगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातीका बोट – विरुवाहरु प्रदर्शनी तथा विक्री / वितरणको लागि राखिएको छ । साथै, एक्स्पोमा मलखाद, अर्गानिक एवं रासायनिक विषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहेको छ । एक्स्पोमा ३५ हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने साथै ७० लाख भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा गरेको आयोजकले जनाएको छ । एक्स्पो अवलोकन गर्न सर्वसाधारणहरुको लागि प्रवेश शुल्क प्रति व्यक्ति १ सय रुपैयाँ र विद्यार्थीहरु तथा जेष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० रुपैयाँ तोकिएको छ । एक्स्पोको प्रवर्द्धक पुष्प विकास केन्द्र र वनस्पति विभाग रहेको छ । 

    उक्त एक्स्पोले आर्थिक मन्दिले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायीहरु तथा यस व्यवसाय प्रति अभिरुचि राख्ने र समग्र कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपना देखिरहेको उद्यमी व्यवसायी तथा जिज्ञासु साथै अध्ययन अनुसन्धानमा संलग्न व्यक्ति व्यक्तित्वहरुलाई उत्साहित र झकृत गर्ने आयोजकले विश्वास लिएको छ । नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापन साथै अनुसन्धान गर्ने सम्पूर्णको लागि यस एक्स्पो बृहत साझा मञ्च हुने आयोजकको विश्वास छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट